मन्त्रीको टुंगो लगाउन प्रचण्डले बोलाए माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं । मन्त्रीको टुंगो लगाउन आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको स्रोतले जनाएको छ ।

गठबन्धनका दलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन बैठक बोलाएको बताइएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी माओवादीको छ । सरकार गठन भएको लामो समय भइसक्दासमेत मन्त्रिपरिषद विस्तार हुन नसकेको देउवा सरकारको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया