‘चरी नाचेको’ मा सुरेन्द्र र समारिका

काठमाडौं । अभिनेता सुरेन्द्रकुमार दाहाल र समारिका ढकालको अभिनय रहेको लोक दोहोरी गीत ‘चरी नाचेको’ सार्वजनिक भएको छ । गायिका लक्ष्मी खड्का र गायक नेत्रप्रसाद काफ्लेको स्वर रहेको गीति भिडियो उमंग म्यूजिक प्रालिबाट सार्वजनिक गरिएको हो । उमंग म्युजिक प्रालिको पोस्ट प्रोडक्सन रहेको गीतमा लय गायक तथा संगीतकार पुरुषोत्तम पौडेलको रहेको छ ।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा कमल सौरागको एरेन्ज, कुमार रानाको रेकर्ड तथा अडियो सम्पादन रहेको छ । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियो छायांकन सुरेश श्रेष्ठ तथा ड्रोन छायांकन सन्तोष महराले गरेका छन् । गीतमा भिडियो सम्पादन तथा कलर भने शिव पौडेलले भरेका छन् ।

प्रतिक्रिया