अफगानिस्तानमा बेरोजगारी बढ्दो

काबुल । अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफुले नियमित तलव नपाएको बताए ।

तालिवान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलव पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ । तलव नपाउदाँ दैनिकी चलाउन नै समस्या पर्न थालेको अक्रामुद्धिनले जानकारी दिए ।

शिक्षण पेशामा आवद्ध मोहम्मद नासिरले नौ जना सदस्य रहेको आफ्नो परिवार चलाउन धेरै गाह्रो भइसकेको गुनासो गरे । आम्दानी नभएकाले उपभोग्य सामग्रीहरु किन्न नसकिरहेका बेला सामानको मुख्य पनि बृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । उनीहरले महंगी, बेरोजगारी, आर्थिक संकट तथा अभावका बारेमा चासो राख्दै आएका छन् । अफगानिस्तानमा सरकार मातहतको निजामती सेवामा झण्डै ४३ हजार कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया