नेपालको महिलाको एसियन कप खेल्ने सपना अधुरै

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो । उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बन्यो ।

नेपालले यसभन्दा तीनपटक एसियन कप खेलिसकेको छ । चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ । यसअघि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्ससँग सुरुवाती अग्रता लिनका बावजुत अन्तिम दुई मिनेट सम्हालिन नसक्दा २–१ को हार बेहोर्न पुगेको थियो ।

प्रतिक्रिया