नेपालको संविधानमा दिवसमा अमेरिकाले दियो शुभकामना

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसको अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गएको वर्ष नेपाल र अमेरिकाको सम्बन्ध अझै सुमधुर भएको उल्लेख गरेका छन् । ‘किनकी दुई देशले समान प्रकृतिका चुनौतीको सामना गरिरहेका छौँ, विशेषगरी हामीले कोभिड १९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गर्यौँ’, सन्देशमा भनिएको छ ।

झन्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धमा नेपाल र अमेरिका हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको उल्लेख गर्दै अमेरिकाले यो सम्बन्धको खुलेर प्रशंसा गरेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालस्थित भारतीय दूतावासमार्फत समकक्षी शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै सातौ संविधान दिवसको शुभकामना दिएका छन् ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका छन् ।

प्रतिक्रिया