मल्लले ल्याए ‘सेप्टेम्बर १७’

काठमाडौं । लेखक मल्ल के सुन्दरले लेखेको उपन्यास ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ । कीर्तिपुरमा शुक्रबार नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त उपन्यासको जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरे । उक्त कृतिमाथि टिप्पणी गर्दै प्रा.मदनसेन बज्राचार्यले विश्व राजनीति र घटनाक्रमलाई सिलासिलाबद्ध ढंगले प्रस्तुत गर्दै नेवार समुदायको जीवनपद्धति र पूजाविधिलाई समेत लेखकले उपन्यासमा समेटेको बताए ।

अधिकारकर्मी मल्लले यस उपन्यासमा एकांकी जीवन व्यतित गर्दै आएका नेवार मूलका एक अमेरिकी सैनिक आफ्नो पहिचान र थातथलो खोज्दै भक्तपुरको ताथली टेक्न आइपुगेको कथालाई समेटिएको छ । यो लेखक मल्लको पाँचौँ उपन्यास हो ।

प्रतिक्रिया