राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्नुपर्छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरी यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले साथीभाइसँग सल्लाह गरेर मात्र आफूले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताए । उनले भर्खरै वडा अधिवेशन सुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रस्ट पारे । उनले गठबन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैरजिम्मेवारी भएको बताउँदै प्रदेश १ वा बागमतीमध्ये एक प्रदेशमा मुख्यमन्त्री कांग्रेसको हुनुपर्ने दाबी गरे । ‘वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानुपर्छ तर चुनावी तालमेलमा जानु हुँदैन,’ उनले भने ।

प्रतिक्रिया