खोजखबर

दुई दिनपछि सरकार विस्तार हुन्छ : प्रचण्ड

सौर्य अनलाइन २०७८ असोज २ गते १७:१० मा प्रकाशित

जनकपुरधाम । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् ।

पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जआज नकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । ‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ ।’

संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो । ‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ प्रचण्डले भने, ‘तर केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन, अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ ।’

एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय