पार्टीबाट ‘नकारात्मक धार’ विभाजन भएर गयाे : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीबाट ‘नकारात्मक धार’ विभाजन भएर गएको टिप्पणी गरेका छन् । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै उनले आयोजित भेलामा नकारात्मक धारको भविष्य नभएको टिप्पणी गरेका हुन् । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तथा राष्ट्रिय भेलामा बाेल्दै महासचिव ईश्वरले भने, ‘हामीबाट नकारात्मक धार अलग भएको हो र यस विभाजनको भविष्य अन्धकार छ ।’

उनले राष्ट्रिय आवश्यकताविपरीत विभाजन हुनेहरू निर्वाचनबाट पराजित हुने पनि बताए । पार्टीको पक्ष र पार्टीले गरेको आन्दोलनको पक्षमा उभिएका निजामती कर्मचारीहरूलाई संगठित हुन समेत उनले निर्देशन दिए । उनीभन्दाअघि पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललगायतले भेलालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया