शिवप्रसाद र गिताको आवाजमा ‘मोबाइल फोन’

काठमाडौं । गायक शिवप्रसाद नेपाल र गायिका गिता श्रेष्ठको आवाज रहेको ‘मोबाइल फोन’ बोलको गीत बजारमा आएको छ । सुरज रेग्मीको शब्द रचना र संगीत रहेको उक्त गीतको भिडियो भरखरै सार्वजनिक भएको हो ।

पछिल्लो समय देशमा प्राविधिकको विकाससँगै मोबाइल फोनको पनि व्यापक प्रयोग भएकाले सोही विषयलाई उठान गर्दै यस गीत ल्याएको शब्द रचनाकार सुरजले बताए । पदम बिसीको गीतमा संगीत संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा सुवास जिसीको निर्देशन रहेको छ भने देव पुनले छायांकन गरेका हुन् । त्यस्तै सोही गीतका शब्द लेखक सुरज रेग्मी र दिव्या न्यौपानेले भिडियोमा अभिनय गरेका छन् ।

निर्देशक सुवासले नै सम्पादन गरेको गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । मोबाइल फोनको धेरै प्रयोग भएसँगै युवा र युवतीबीच माया प्रेम तथा सम्बन्ध हुने गरेको पाइन्छ । सोही विषयमा पनि केन्द्रीत रहेर उक्त गीतको शब्दमार्फत बढवा दिन खोजिएको रेग्मीले जिकिर गरे ।

प्रतिक्रिया