इटलीमा कर्मचारीहरूका लागि ‘कोरोनो पास’ अनिवार्य

सिटी । इटलीमा कर्मचारीहरूले खोप लगाएको, कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट संक्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदैछ । त्यहाँ सरकारले ‘हरियो पास’ को व्यवस्था गर्ने छ । युरोपमा इटलीले पहिलोपटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको हो । हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्नसक्ने बताइएको छ ।

उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत बताइएको छ । अक्टोबर १५ तारिखबाट कार्यान्वयनमा आउने उक्त व्यवस्था कोभिडको व्यापक असर झेलेको इटलीमा खोप लगाउनेहरूको सङ्ख्या बढाउनका लागि गर्न लागिएको हो । डिजिटल माध्यमबाट र कार्डका रूपमा उपलब्ध गराइने हरियो पास रेल स्टेसन, सिनेमा हल, रेष्टुराँ, व्यायामशाला र पौडी पोखरीका लागि उपलब्ध गराउनुपर्ने व्यवस्था इटलीमा विद्यमान छ । विद्यालयका कर्मचारीहरूले पनि हरियो पास देखाउनुपर्ने हुन्छ । केही शिक्षकहरूलाई त्यस्तो गर्न नसकेका कारण कामबाट फर्कन भनिएको बताइएको छ ।

प्रतिक्रिया