ग्लोबल आइएमई र निड्सबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थान (निड्स) बीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार निड्सको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

निड्सले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र निड्सका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गरेका छन ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २ सय ८० शाखा, २ सय ५० एटीएम, २ सय ५७ शाखारहित बैंकिग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया