विश्व

ब्राजिलमा जहाज दुर्घटना, सात जनाको मृत्यु

सौर्य अनलाइन २०७८ भदौ ३० गते १८:१५ मा प्रकाशित

साओ पाओलो । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ ।

सो जहाल साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय