आज थपिए एक हजार ७६० जना संक्रमित, ७ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार ७६० जना कोरोना संक्रमित थपिएका छन् ।

१२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् ।

काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया