‘सक्किगोनी’ अब आफ्नै युट्युव च्यानलबाट आउने

काठमाडौं । हाँस्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यसअघि युट्युव अधिकार लिएको ओएसआर डिजिटलसँगको सम्झौता अवधि सकिएपछि त्यसको नवीकरण नगरेका कारण यो टेलिफिल्म जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुन लागेको हो । अब हरेक बिहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने निर्माण पक्षले जनाएको छ ।

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको टेलिफिल्मका कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताए । उनले भविष्यमा कुनै युट्युब च्यानलसँग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने खुलाए । आफ्नै आधिकारीक युट्युब च्यानलमार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई छ ।

प्रतिक्रिया