स्वास्थ्य सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्न सुझाव

दैलेख । जिल्लामा कोरोनाको जोखिमले पाँच महिनासम्म विद्यालय बन्द छन् । बन्द रहेका विद्यालयहरू भौतिक उपस्थितिमै सञ्चालन गर्ने योजना बनाइरहेका स्थानीय तहहरूलाई बुधबार जिल्लामा भएको एक अन्तरक्रिया कार्यक्रमले टेवा थपेको छ । अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सावधानी अन्तरक्रिया कार्यक्रमका सहभागीको एउटै आवाज थियो ‘सावधानी अपनाउँदै भौतिक रूपमा विद्यालय सञ्चालन गरौँ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दैलेखको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनीहरूलाई सुझाव दिएका हुन् । बुधबार बिहान भएको अन्तरक्रिया कार्यक्रमका बोल्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका प्रमुखअतिथि दानबहादुर थापाले भने, ‘कोरोना भाइरसले विद्यालय बन्द भएको दुई वर्ष हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कुनै कार्यक्रम नहुँदा शिक्षा क्षेत्र अति नै प्रभावित भएको बताउँदै शिक्षा क्षेत्रमा धेरै क्षति भएको बताए ।

उनका अनुसार नागरिक तथा विद्यार्थीलाई कसरी बचाउने दायित्व स्थानीय तहकै भए पनि हेर्ने दृष्टिकोण फरक भएको जिकिर गरे, शिक्षा क्षेत्र तहसनहस गरेर देशलाई अराजकतातिर लैजान खोजिएको त होइन यसतर्फ सबैको ध्यान जान जरुरी रहेको छ । विद्यालय बन्द गर्ने निर्देशन गर्नेले गाडीमा भएको हुल व्यवस्थापन गर्ने कि नगर्ने, मेला महोत्सव तथा राजनीतिक कार्यक्रममा जति पनि जम्मा हुन पाउने विद्यालयमा विद्यार्थीले पढ्न नपाउने नियमले शिक्षा क्षेत्र धराशायी भन्दै गएको अवस्थालाई हेरी भगवतीमाईले १ भदौबाट विद्यालय सञ्चालन गरेको जानकारी दिए ।

स्थानीय तहको कार्यक्षेत्र भित्र कसैले हस्तक्षेप गर्न नहुने भन्दै सबै क्षेत्रका विद्यालयलाई एउटै आँखाले हेर्ने परिपाटीको अन्त्य गर्ने सुझाव दिए ।
जिल्लास्थित नागरिक समाज तथा शिक्षामा सरोकार राख्ने करिब ३० जनाको बीचमा भएको कार्यक्रममा नारायण नगरपालिका सामाजिक विकास समितिका संयोजक हर्कबहादुर नेपालीले विद्यालय सञ्चालन गर्ने क्रममा केही कुरा पालिका संघ पनि जोडिएकोले पालिकाले पनि विद्यालयको अवस्थाबारे चासो राख्नुपर्ने धारण व्यक्त गरे ।


विद्यालय सञ्चालन गर्नुभन्दा पहिले विद्यालयमा स्वास्थ्य मापदण्ड पालन गर्नेका लागि स्वास्थ्य सामग्री आपूर्ति गर्नुपर्ने र विद्यालयमा स्वास्थ्य मापदण्ड पालन गर्नमा विद्यालय प्रशासनको भूमिका के रहन्छ, अभिभावकहरूले आफ्ना छोराछोरीलाई कोरोना भाइरसको संक्रमणबाट कसरी टाढा राख्न सकिन्छ भन्ने विषयमा जानकार हुनुपर्ने र शिक्षा क्षेत्रलाई धराशायी बनाउनु नहुने बताए ।

अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसर पारी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दैलेखका अध्यक्ष दुर्गा गिरीको अध्यक्षता भएको कार्यक्रम जिल्लास्थित राजनीतिक दलका विद्यार्थी संगठन, स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य व्यवस्थापन थिरप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा, शिक्षा समन्वय इकाई दैलेखका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरू विद्यालय सञ्चालनको बारेमा आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया