कैलाली । धनगढीको चटकपुर र कञ्चनपुरको राजघाट सीमानास्थित निर्माणाधिन पक्की पुल बगेपछि आवागमन अवरुद्ध भएको छ ।
मोहना नदीमा बढेको पानीको बहावले अस्थायीरूपमा सञ्चालनमा ल्याइएको पुलको माटो बगाएपछि आवतजावत ठप्प भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का स्थानीय लोकेश जोराले जानकारी दिए ।
‘लामो समयपछि मुस्किलले निर्माण भइरहेको पुल लगभग अन्तिम चरणमा पुगेको थियो, पानीको बहावले पुलको पश्चिम भाग बगाएकाले आवागमनमा निकै समस्या भएको छ,’ उनले भने ।
चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको र अहिलेको बहाव भने सामान्य बन्दै गएको जनाइएको छ ।
प्रतिक्रिया