सर्लाही । जिल्लाको गोडैता नगरपालिकाले बिहीबार दुई बिद्यालयका एकसय पाँच छात्राहरुलाई साइकल वितरण गरेका छन् । २ नं प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊ’ अभियान अन्तर्गत गोडैता नपा २ जयपुरमा अवस्थित रहेको श्री जनता आधारभुत विद्यालयका ५५ जना छात्राहरु र गोडैता नपाकै वडा नं। ६ बगदहमा अवस्थित रहेको श्री रामजानकी आधारभुत विद्यालयका ५० जना छात्राहरु गरि जम्मा एकसय पाँच जना छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।
गत वर्ष कक्षा ८ मा अध्ययन गरी यो वर्ष कक्षा ९ मा प्रवेश गरेकी छात्राहरुलाई साइकल वितरण गरिएको गोडैता नपाका प्रमुख मेयर देवेन्द्र यादवले जानकारी गराएका छन् । साइकल वितरण कार्यक्रममा नपा प्रमुख यादवले भने, छोरीलाई विद्यालय पठाई उनिहरुको व्यक्तिक बिकासका अतिरिक्त सशक्तीकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस ‘मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊ’ कार्यक्रमको मुख्य उद्धेश्य भएको उनले बताए ।
साइकल वितरण कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं ४ ‘ख’ का प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, नपाका प्रमुख देवेन्द्र यादव, उपप्रमुख अन्जना कुशवाहा, बिधालयका शिक्षक, बिद्यार्थी, नागरिक समाज, बुद्धिजीवि, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया