वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

नवलपरासी । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने मौराटाँडी क्षेत्र, राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन र सुनवल नगरपालिकास्थित तुरीया खोलाको पुलमा क्षति हुँदला राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु राजमार्गमै अलपत्र परेका छन् । राजमार्गमा सवारीसाधनहरुको लामो लाइन लागेको छ ।

अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने स्थानीय प्रशासनले बताएको छ । राजमार्गकै बर्दघाट दुम्कीबास सडकखण्ड अन्तर्गत दाउन्नेको विभिन्न क्षेत्रमा सडकमाथिबाट खसेको पहिरो खस्नुका साथै रुख ढल्दा राजमार्ग अवरुद्ध भएको छ । दाउन्ने क्षेत्रको अवरोध हटाउन दुईवटा जेसिभी र क्रेनसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया