‘बेल बटम’ को ट्रेलर

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको बहुप्रतिक्षित चलचित्र ‘बेल बटम’ को ट्रेलर सार्वजनिक भएको छ । यसअघिका अक्षयकुमारका हरेक चलचित्र जसरी नै यो चलचित्रको ट्रेलर पनि भव्य तरिकाले सार्वजनिक गरियो । यस चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता अक्षयकुमार र अभिनेत्री वाणी कपुर एकसाथ देखिएका थिए । ट्रेलर सार्वजनिक भएपछि अक्षयकुमारले सामाजिक सञ्जालमा प्रशंसकसँग खुसी साट्दै चलचित्रले दर्शकको मन जित्ने बताएका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत यो ट्रेलर सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउँदैछु, बेल बटमको साथ ।’ उक्त भनाईलाई उनले टिमका सबै सदस्यलाई ट्याग समेत गरेका छन् । चलचित्रमा अक्षयकुमार राष्ट्रिय चेस खेलाडीको भूमिकामा प्रस्तुत भएका छन् । ‘बेल बटम’ कोरोनाकालपछि हलमा प्रदर्शन हुन लागेको पहिलो बलिउड चलचित्र हो । चलचित्रलाई थ्रिडीमा पनि प्रदर्शन गर्ने निर्माण पक्षको योजना रहेको जनाइएकाृ छ । १९ अगस्टमा सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्रमा अभिनेता अक्षयकुमार र अभिनेत्री वाणी कपूरसँगै अभिनेत्री हुमा कुरैशी, लारा दत्त, ज्याक भगनानी लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया