ड्रिम नेपालले अवार्ड दिँदै

काठमाडौं । ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ प्रदान गर्ने भएको छ । नेपालको मिडिया क्षेत्रलाई लक्षित गर्दै प्रोत्साहन गर्ने उद्देश्यले मिडियाका विविध स्वरुप र विधालाई समेटेर ‘नेपाल मिडिया अवार्ड २०७८’ गर्न लागिएको ड्रिम नेपालले जनाएकोे छ । राम्रो काम गर्ने रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने अवार्ड ‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ कार्यक्रम हुन लागेको आयोजक ड्रिमहाई नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए ।

सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीले बताए । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई सञ्चार क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने छ । जिसीले नेपालमा सञ्चार क्षेत्रलाई समेटेर पहिलोपटक अवार्ड हुन लागेको जिकिर गरे । सन् २०१८ मा स्थापना भएको ड्रिमहाई नेपालले यसअघि नेपथ्य कन्सर्ट, अनमोल इभेन्ट लगायत केही समय पहिले ‘नेफ्टा’ अवार्ड आयोजना गरेको थियो ।

प्रतिक्रिया