‘मेरो मनमा चीन’ प्रतियोगिता

कास्की । चिनियाँ राजदूतावासको आयोजना तथा पोखरास्थित नेपाल–चीन जनमैत्री संघको संयोजनमा ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कवि तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमशः दश हजार, आठ हजार र छ हजार प्रदान गरे । उनले चित्रकलाकै माध्यमबाट पनि गुजारा चलाउन सकिने भएकाले यसलाई सोखको रूपमा मात्रै नलिएर पेशा नै बनाउन सकिने बताए । प्रतियोगी अध्ययनरत् विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । उनले चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको र विद्यार्थी कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल होउन् भन्ने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको बताए ।

प्रतिक्रिया