सर्वोच्च अदालतद्वारा महन्थकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं । सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बुधबार कारण देखाऊ आदेश जारी गर्दै यसअघि दायर भएको त्यही विषयसँग सम्बन्धित रिट निवेदन सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।

साउन ११ गते यादव पक्षले जसपाको आधिकारिकता पाएपछि महन्थ ठाकुरले साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट हाल्नु भएको थियो । ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएको विषयले कानुनी रुपमा समेत वैधता पाएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको प्रकृयालाई अवलम्बन गरी आधिकारिकताको विवाद निरुपण गरेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया