शाहिदसँग २ सय करोडको काम

मुम्बई । बलिउड अभिनेता शाहिद कपुर सफल व्यक्तित्वको रुपमा चलचित्र उद्योगमा परिचित छन् । उनका बुबा पंकज कपुर र आमा नीलिमा अजीम चलचित्र उद्योगमा लामो समय बिताएका छन् । शाहिदले कहिल्यै पनि यसको फाइदा भने लिएनन् । उनले आफ्नो करिअरका क्रममा थुप्रै चलचित्रमा काम गरेका छन् । पछिल्लो समय उनीसँग दुई सय करोडको प्रोजेक्ट छ । पिपिंगमुनको एक रिपोर्ट अनुसार अभिनेता सलमान खानको चलचित्र भारत, सुल्तान र टाइगर जिन्दा है लगायतका चलचित्रका निर्देशक अली अब्बास जफरले शाहिदलाई चलचित्रको लागि काम गर्ने पक्का गरेका छन् ।

यो एक विदेशी चलचित्रको हिन्दी रिमेक हो । यो कुन चलचित्रको रिमेक हो भन्ने बारेमा निर्माण पक्षले अहिलेसम्म केही जानकारी दिएको छैन । चलचित्रको अधिकांश छायांकन अबुधाबीमा गरिते यो एक थ्रिलर चलचित्र हुनेछ । निर्देशक अली एक राम्रो कथाकार हुन् । उनले हिन्दी बेल्टका दर्शकका लागि फरक ढंगबाट कथा निर्माण गर्छन् । अभिनेता शाहिदलाई आफ्नो काम मन पर्छ । जब अली शाहिदको नजिक गए, शाहिदले तुरुन्तै हो भने ।

चलचित्रसँग सम्बन्धित कागजी कार्य पूरा भइसकेको छ र दुवै एकअर्कासँग काम गर्न उत्साहित छन् । अभिनेता शाहिदले करिअरको सुरुआती दिनमा थुप्रै राम्रा बलिउड कलाकारसँग एक पृष्ठभूमि डान्सरका रूपमा कामसमेत गरेका थिए । त्यसपछि उनले चलचित्र ‘इश्क–विस्क’ मा प्रमुख कलाकारका रूपमा काम गरे । यो चलचित्र निकै सफल भयो र शाहिदको करिअरलाई अगाडि बढाउन मद्दत मिल्यो । उक्त चलचित्रको लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ पुरुष डेब्यू पुरस्कारसमेत हात पारे । शाहिदले फिदा, दिल मांगे मोर, दिवाने ह्यू पागल, ३६ चाइना टाउन, विवाह, जब वी मेट, बदमाश कम्पनी, मौसम, आर राजकुमार, हैदर, उडता पंजाब, पद्मावत, कबीर सिंह लगायतका दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया