‘तूफान’ को रेकर्ड

मुम्बई । बलिउड अभिनेता फरहान अख्तरको चलचित्र ‘तूफान’ प्रदर्शनमा आएको पहिलो सातामै रेकर्ड बनाउन सफल भएको छ । यो चलचित्र १६ जुलाईमा अमेजन प्राइम भिडियोमार्फत सार्वजनिक गरिएको थियो । यस चलचित्रले अमेजनबाट प्रदर्शन भएका चलचित्रमध्ये पहिलो सातामा सबभन्दा धेरै पटक हेरिएको रेकर्ड बनाउन सफल भएको हो ।

साथै सार्वजनिक भएको पहिलो सातामा तीन हजार नौ सयभन्दा बढी ठाउँका दर्शकले यो चलचित्र हेरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अमेजन प्राइम भिडियोले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो । अमेजनका अनुसार २६ र २७ जुलाईमा कम्पनीको ‘प्राइम डे’ अवसरमा दर्शकले निकै फाइदा लिएका छने । राकेशओम प्रकाश मेहराले निर्देशन गरेको ‘तूफान’ मा अभिनेता फरहानबाहेक मृणाल ठाकुर र परेश रावलको समेत प्रमुख भूमिका रहेको छ । अमेजनको विज्ञप्तिअनुसार बक्सिङ विषयलाई केन्द्रमा राखेर बनाइएको तूफान १६० भन्दा बढी देशमा प्रदर्शन भएको छ ।

प्रतिक्रिया