‘लव सर्कल’ को फस्टलुक

काठमाडौं । वसन्त निरौलाले निर्देशन गरेको चलचित्र ‘लव सर्कल’ को फस्टलुक सार्वजनिक गरिएको छ । थ्रिलर जनरामा निर्माण भएको चलचित्रको फस्टलुकमा अभिनेता नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रवीन झा, रिस्ता बस्नेत लगायतका कलाकारलाई समावेश गरिएको छ । कोरोनाका कारण लगाइएको बन्दाबन्दीपछि छायांकन गरिएको यस चलचित्रलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् ।

कमेडी र सस्पेन्स विषयवस्तुमा आधारित यस चलचित्रलाई डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा नाजिर, मुकुन, पवित्रा, रवीन्द्रका साथै सुमन कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अंकितबाबु अधिकारीको संगीत, श्रीधर अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । २९ साउनबाट चलचित्र डिसहोमबाट रिलिज हुने निर्माता ओमप्रकाश अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया