घट्यो सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनकाे मूल्य ९२ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ रहेको छ । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया