भारतीय एसएसबीले तुइन काट्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्ष बल एसएसबीले तुइन काट्दा बेपत्ता भएका भनिएका युवाको खोजी कार्य जारी छ । हिजो सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्टका अनुसार महाकाली नदी तर्ने क्रममा ४ जना तुइन पार गरेको र अन्न्तिममा तर्दा एकजना बेपता भएको खबर आएको थियो ।

स्थानीयले एसएसबीले तुइन काट्दा बेपत्ता भएको बताए पनि कोही पनि आधिकारिक रुपमा उजुरी गर्न प्रहरी सम्पर्कमा नआएको डीएसपी भट्टले बताए । उनका अनुसार एसएसबीले तुइन नकाटेको दाबी गरेको छ । घटनास्थलमा प्रहरी पुगेको र बेपत्ताको खोजी कार्य जारी रहेको बताए ।

प्रतिक्रिया