रानीको ‘कमाल किरिमको’

काठमाडौं । गायिका रानी शाक्यले आधुनिक डान्सिङ गीत ‘कमाल किरिमको’ ल्याएकी छन । गायिका रानीलाई गायक सम्राट चौलागाईंले स्वरमा साथ दिएको यस गीतमा बाबुल गिरीले संगीत भरेका छन् । प्रथम छेत्रीले निर्देशन गरेको यस गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय छ । उत्सव दाहालको सिनेमाटोग्राफी रहेको यस गीतको भिडियो सम्पादन शिलन लम्सालले गरेका छन् । गीतलाई गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका रानीका अहिलेसम्म ५ दर्जनभन्दा बढी गीत आइसकेका छन ।

प्रतिक्रिया