परमादेशबाटै अधिकार र सुविधा ‘ग्वाम ग्वाम’ लिएर, परमादेशलाई नै श्राप दिने ? : सांसद विडारी

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सांसदमा पटक पटक परमादेशबाट बनेको सरकार भन्ने शब्द प्रयोग गरेकोमा टिप्पणी गरेका छन् । उनले सर्वोच्चले परमादेशबाट नै संसद पुनःस्थापना भएको कुरा स्मरण गराउदै सो बताएका हुन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले सांसदहरुलाई सरकारलाई परमादेशबाट बनेको सरकार भनेर पटक पटक बोल्दा आफुहरु पनि परमादेशबाटै बनेको सांसद हुँ भन्ने नबभुल्न सुझाव दिएका छन् ।

संसदको विशेष समयमा बोल्दै उनले भने, रमादेशबाटै अधिकार र सुविधा ग्वाम ग्वाम लिएर, ख्वाम ख्वाम खाएर परमादेशलाई नै श्राप दिने ? अनि परमादेशका विषयमा यत्रा कुरा ? प्रधानमन्त्रीको नियुक्ती राष्ट्रपतिले गरेको उल्लेख गर्दै उनले भने, अनि राष्ट्रपतिले गरेको काममा परमादेशले नियुक्त भएको प्रधानमन्त्री भनेर राष्ट्रपतिको वेइच्जत गर्ने काम सांसदहरुले गरेका भन्दै उनले नियुक्ती पत्र हेर्न त ? भन्दै प्रश्न समेत गरे ।

परमादेशबाट नै विभिन्न दलहरु खडा भएको उल्लेख गर्दै उनले भने, त्यही दलमा बसेर बुलुक्क बुलुक्क उफ्रिदै संसारमा सबैले मान्ने परमादेशको खिल्ली उडाउने भन्दै प्रश्न गरे । विडारीले सोधे सर्वोच्च अदालतको फैसलाको पुनारावलोकन गर्ने यो ठाँउ हो ?

प्रतिक्रिया