इजरायलद्वारा युएइको लागि पहिलो राजदूत नियुक्त

तेलअभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ) को लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए ।राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिएयो । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् ।

‘हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,’ विदेश मन्त्री लापिडले भने । उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्बन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए ।

प्रतिक्रिया