खोजखबर

छोराको कुटाइबाट बाबुको मृत्यु

सौर्य अनलाइन २०७८ साउन ११ गते १४:५४ मा प्रकाशित

इलाम । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते बुबाको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय