आज कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षको बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ । उक्त बैठक बैठक मध्याह्न १२ बजे पार्टीकै महामन्त्री शशांक कोइराला निवासमा बस्ने कोराइरालका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । सो बैठकमा आगामी १४औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादबारे छलफल हुने तिवारीको भनाइ छ ।

वरिष्ठ नेता पौडेलको संयोजनमा बस्ने उक्त बैठकमा कांग्रेसको संस्थापनइतर समूहका महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, शेखर कोइरालालगायत सहभागी हुने बताइएको छ ।

साथै, संस्थापन इतर समूहमा रहेका क्रियाशील सदस्यता छनबिन समितिका सदस्यहरु प्रवक्ता प्रदीप पौडेल, कल्याण गुरुङ र जीवन परियार पनि सहभागी हुने स्वकीय सचिव तिवारीले जानकारी दिए ।

प्रतिक्रिया