धादिङमा अनेरास्ववियुको समानान्तर जिल्ला कमिटी घोषणा

धादिङ । धादिङ जिल्लामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरिएको छ ।

आज (शनिबार) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सामाजिक सञ्जालमार्फत अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो ।

आज घोषणा गरिएको जिल्ला कमिटीमा जिल्ला सचिवालय सदस्य मिश्र शाक्यलाई अध्यक्ष बनाईएको छ । त्यस्तै शाक्यको अध्यक्षतामा ६२ सदस्यि जिल्ला कमिटी घोषणा गरिएको अनेरास्ववियु स्थाई कमिटी सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए ।

नयाँ कमिटीले चार उपाध्यक्ष एक सचिव, ६ सहसचिव, एक कोषाध्यक्ष समेत चयन गरेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया