सर्वोच्च अदालत पुगे महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको छ । पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको निर्वाचन आयोगले गर्ने भनेको सनाखत रोक्न माग गर्दै महन्थ पक्ष सर्वोच्च पुगेको हो ।आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर आयोगले बिहीबारमात्र पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूलाई साउन ११ गते ११ बजे आयोगमा बोलाउने निर्णय गरेको थियो ।

जसपाको हालको समीकरणमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा छ । अहिलेकै समीकरण अनुसार ‘हेड काउन्ट’ भए आफूहरूले आधिकारिकता पाउने उपेन्द्र पक्षको दाबी छ । पार्टीभित्र अल्पमतमा परिसकेका अध्यक्ष ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा ‘हेड काउन्ट’ रोक्न माग गरिएको छ ।

प्रतिक्रिया