सीजीको डिसवार वासिङ मेसिन बजारमा

काठमाडौ । सीजीले युरोपमा डिजाइन र उत्पादन गरी वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । युरोपमा उत्पादन भएका कारण यी सामग्रीमा विभिन्न किसिमका विशेषता र आकर्षक स्वरुप रहेको कम्पनीले जनाएको छ । वासिङ मेसिनमा बिजुली बचत गराउने र आवाज रहित चल्ने डिजिटल ड्राइभ मोटर रहेको छ । यसमा पर्ल ड्रमको प्रयोग गरिएकोले लुगालाई सफासँग धुने गर्छ । मेसिनमा भएको एलर्जी सेफ नामक प्रोग्रामले कपडामा रहेका विभिन्न किसिमका एलर्जेन्सलाई हटाई कपडा स्वच्छ राख्ने कम्पनीले दावी गरेको छ । यसमा बुम¥याङ बडी सेपमा रहेको कारण कपडा धुँदा भाइब्रेसन कम हुने पनि कम्पनीले जनाएको छ ।

मेसिनमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा मेसिन कम लोडमा चलाउँदा पनि बिजुली तथा पानी कम खाने सीजीले जनाएको छ। यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्राम राखिएको छ । मेसिनले कपडा धोई सकेपछि भित्र नै लुगा सुकाइदिने भएकोले यो मनसुन मौसममा उपयोगी हुने र कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेन्टी समेत प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया