फटाहाहरुले कहिले बाँदरे जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक गर्दैछन् : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीअध्यक्ष केपी शर्मा ओली पक्षले गरेका विभिन्न नारा जुलुसप्रति आपत्ती जनाएका छन् ।

उनले आज (बिहीबार) पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूविरुद्ध पार्टी भित्रैबाट भइरहेको विभिन्न विरोध प्रदर्शनका विषयलाई लिएर आपत्ती जनएका हुन् । वरिष्ठ नेता नेपालले त्यस्ता घटनाहरु नाटक भन्दै यस्तो काम गर्नेहरू अपराधी र फटाहाको संज्ञा दिएका छन् ।

नेता नेपाललले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा गरेको भाषणलाई नाटक मञ्चन गरेको बताएका छन् । उनले आज पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ ।’

नेता नेपालले अपमान सहेर पार्टीमा नबसिने चेतावनी पनि दिएका थिए । उनले भने, ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न, तर अपमान सहेर कोही पनि बस्दैन्, गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न, त्यो प्रशिक्षण हामीले पाएका छैनौँ ।’

प्रतिक्रिया