जिग्री बने गायक

काठमाडौं । हाँस्यकलाकार जिग्री अर्थात् कुमार कट्टेलले ‘मञ्जुरी’ गीत ल्याएका छन् । सानैदेखि गीत गाउने रहर भएको सुनाउँदै उनले आफ्नो जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् । गीतमा कुमारलाई महिला स्वरमा गायिका मेलिना मैनालीले साथ दिएकी छन् । गीतको शब्द र संगीत भीम बिसीको रहेको छ ।

सार्वजनिक गीतमा कुमार आफैंले अभिनय गरेका छन् । उनले आफू हाँस्य कलाकार भए पनि गम्भीर प्रकृतिको मानिस भएको र गीत बिछोडको कथा रहेको जनाए । गीतको भिडियोमा भद्रगोलकै जिग्रीको केटीसाथीको भूमिकामा देखिएकी कलाकार रक्षा श्रेष्ठको अभिनय छ । दुई महिनाअघि मात्रै छोरीलाई जन्म दिएकी रक्षाले भिडियोमा पनि गर्भवती महिलाको भूमिका निभाएकी छन् । भिडियोमा बालकलाकार अकेशा पोखरेलको केमियो भूमिका छ ।

प्रतिक्रिया