प्रधानमन्त्री देउवालाई खुला पत्र

लिलाबल्लभ नेपाल

‘जुन जोगी आए पनि कानै चिरेको’, उखानलाई झुट सावित गरेर देखाइदिनुहोस् ताकी नेपाली जनताले तपाईंमाथि गर्व गरुन् । यो समय तपाईंको सरकारको अग्नी परीक्षाको समय हो, छोटो समयमा आपूmलाई अब्बल देखाउन कुनै कसर बाँकी नराख्नुहोस् । राष्ट्रवादको दरिलो खम्बा सुशासनको कार्यान्वयनलाई फितलो हुन कहिल्यै नदिनुहोस् ।

पटकपटकको संसद् विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापना भई तपाईं माननीय शेरवहादुर देउवा मेरो देशको प्रधानमन्त्री हुनु भएकोमा धेरै खुसी लागेको छ । आज देशले परिवर्तन खोजिरहेको छ, संविधानले रक्षाको भिख मागिरहेको अवस्था छ । जनताहरू शोक, भोक र महामारीले ग्रस्त छन् । जनताको आलो घाउमा मलम लगाउने एउटा अनुभवी नेताको खाँचो खड्किरहेको छ देशमा । देशले समृद्धिको यात्रा तय गर्न सकेको छैन, सुशासन कानुनका पानामा मात्र सीमित देखिएको अवस्था छ । चाङका चाङ आस्वासनहरूले जनताको जीवनयापन कठिन बन्दै गहिरहेको छ । देशी विदेशी शक्तिहरूले नेपाल र नेपालीको कमजोरीमा खेल्ने आँट गरिरहेका छन् ।

उत्तर दक्षिणका खेलहरू सलबलाउँदै गरेको अवस्था छ । नेपालीहरूको अपुरो र अधुरो सपना चकनाचुर हुनवाट बचाउने ठुलो जिम्मेवारी तपाईंको काँधमा छ । भ्रष्टाचारको जरोले देश जकडिएको छ । कानुन उल्लंघनका घटनाहरू दिनानुदिन बढ्दै गहिरहेको अवस्था छ । राष्ट्रवादको बिल्ला लगाएर जनताको मनोभावनासँग खेल्ने प्रवृत्ति हावी हुँदै गएको छ । आपूm केही गर्न नसक्ने अनि देशी विदेशी शक्तिहरूले केही गर्न दिएनन् भन्ने बानी छ हाम्रो ।

तपाईंको अवको कार्यदिशा के हो ? तपाईं कुर्सीकै लागि मात्र आउनुभएको हो या छोटो समयमा जनतालाई केही परिवर्तनको सन्देश दिन चाहानुहुन्छ ? तपाईं आगामी दिनमा तपार्इंले तयार पार्नुभएको एक्सन प्लानसहित जनतासमक्ष प्रस्तुत हुनुहोस् । तपाईंको सत्ता रोहणका हरेक पलपललाई नेपाली जनताले नजिकबाट नियालिरहेका छन् । चुनावको मुख पनि भएकाले तपाईंको राजनीतिक जीवनको गम्भीर परीक्षण बन्न सक्छ यो समय । तपाईंले जनतालाई सपना होइन यथार्थता बाँड्नुहोस् ताकी तपाईंले जनतासँग होइन जनता तपाईंलाई खोज्दै भोट दिन लालायित हुन सकून् । देशको सम्पूर्ण शक्ति एकत्रित गर्दै कोरोना संक्रमणसँग लड्दै रोग, भोक र शोकबाट नेपाली जनतालाई बचाउनुहोस्, चुनावताका तपाईंले देखाएका सपनाहरू एक÷एक गर्दै पूरा गर्नतिर लाग्नुहोस् । समग्र अर्थतन्त्रको विकाससँगै दरिलो राष्ट्रिय एकता कायम गर्दै भौगोलिक अखण्डता कायम गर्नुहोस, राष्ट्रियताप्रति आफ्नो चट्टानी अडानलाई सबल बनाउँदै कूटनीतिक माध्यमबाट छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध स्थापित गर्नुहोस् । तपाईंसामु खडा भएका यी सबै तपाईंका महत्वपूर्ण नैतिक जिम्मेवारीहरू हुन् ।

कोरोना महामारीले थलिएको अर्थतन्त्रको सिकार बनेका नेपाली जनताहरूले शोक र भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था कहिल्यै नआओस्, महामारीमा आफन्त गुमाएको पीडामा तपाईंको मलम पट्टी खोजिरहेका छन् नेपाली जनताहरू, रोहिरहेका जनताहरूको आँखाको आशु पुछ्न प्रसस्त रुमाल खरिद गर्नुहोस् ताकी नेपाली जनताको आँशुले यो पूण्यभूमि पिर्न सकोस् । स्थानीय तह, प्रदेश तथा संघमा भएका विकृतिहरूको भण्डाफोर गर्दै आफ्नै मान्छेलाई कारबाही गर्नुप¥यो भने पनि छाती ठूलो पारेर गर्नुहोस्, भ्रष्टाचारजन्य क्रियाकलाप तथा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका र कानुनले सजाय तोकेका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुहोस्, कुर्सी र सत्तामा लिप्त हुने कार्य कहिल्यै नगर्नुहोस्, आपूm जनताको सेवक भएको प्रमाणित गरेर देखाउनुहोस्, राजनीतिक अठोट र इच्छाशक्तिलाई प्रदेश र स्थानीय तह हुँदै सुशासन, विकास र समृद्धि प्राप्त गर्ने दिशामा केन्द्रित गर्नुहोस्, भ्रष्टाचारजन्य क्रियाकलाप तथा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका र कानुनले सजाय तोकेका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुहोस्, सार्वजनिक रूपमा खाएका वाचाहरू÷कसमहरू एक÷एक गर्दै पूरा गर्नतिर लाग्नुहोस्, गरिबीको रेखामुनि रहेका जनसंख्या निकै ठूलो छ नेपालमा, त्यसैले गरिबलाई पूरा गर्न नसकिने आश्वासन कहिल्यै नदिनुहोस्, स्थानीय तह, प्रदेश तथा संघमा भएका विकृतिहरूको भण्डाफोर गर्ने र आफ्नै मान्छेलाई कारबाही गर्नुप¥यो भने पनि छाती ठूलो परेर जनताको पक्षमा निर्णय गर्न नहिच्किचाउनुहोस् ।

नेपाली जनताहरू महामारीमा शोक र भोकको पीडामा छन्, कम्तिमा पनि गरिबको भान्सामा चामल र दाउराको वयवस्था गर्ने अभियान चलाउनुहोस्, गरिब र निमुखाको पक्षमा बोल्ने तथा निर्णय गर्ने संस्कारको विकास गर्नुहोस्, संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट स्रोत, साधन र अवसरको अधिकतम परिचालन गर्दै समृद्धितर्फ अघि बढ्ने आधारशिलाको खाका तयार पारी त्यसको कार्यान्वयन गर्नुहोस्, आफ्नो काँधमा जनताले विश्वास साथ विशेष जिम्मेवारी सुम्पेका छन् भन्ने कुरा कहिल्यै नबिर्सिनुहोस्, रोजगारी तथा स्वरोजगारका अवसरको सिर्जना हुने गरी नीति तथा विकास कार्यक्रमको सुरुआत गर्नुहोस्, सहज, सुलभ, गुणस्तरीय, जीवन उपयोगी तथा समाज उपयोगी शिक्षा प्रणालीको विकास गर्दै सर्वसाधारण गरिब निमुखा जनतामा प्रत्यक्ष लाभ पुग्ने उल्लेखनीय काम गरेर देखाउनुहोस्, सबल लोकतान्त्रिक प्रणालीको अवलम्वन गर्दै उच्चस्तरको शान्ति र सुब्यवस्था, जवाफदेहिता, कानुनको शासन तथा नागरिकका हक अधिकारको पूर्ण उपभोगको सुनिश्चित गर्न नागरिकमा परिवर्तनको महसुस हुने गरी शासकीय सुधारलाई सबल बनाउने प्रयास गर्नुहोस्, समृद्ध नेपाल सुखी नेपालीको नाराप्रति अक्षरशः प्रतिबद्ध भएको कुरा जनतासमक्ष प्रमाणित गरेर देखाउनुहोस् ।

‘जुन जोगी आए पनि कानै चिरेको’, उखानलाई झुट सावित गरेर देखाइदिनुहोस् ताकी नेपाली जनताले तपाईंमाथी गर्व गरुन् । यो समय तपाईंको सरकारको अग्नी परीक्षाको समय हो, छोटो समयमा आपूmलाई अब्बल देखाउन कुनै कसर बाँकी नराख्नुहोस् । राष्ट्रवादको दरिलो खम्बा सुशासनको कार्यान्वयनलाई फितलो हुन कहिल्यै नदिनुहोस् । तपाईंका यी अस्त्र चुनावी मैदानको रामवाण बन्न सकुन् । आज तपाईंको स्वागतको समयमा मसँग तपाईंलाई दिन केही नभए पनि तपाईंको नाम नेपाली जनताको मन मस्तिष्कमा स्वर्णिम अक्षरले लेखियोस् भन्ने शुभकामना दिन चाहन्छु । राजनीतिक धार जसको जता भए पनि समग्रमा हामी नेपाली जनता हो नि होइन र ? तपाईंको शुभेच्छाले अव उप्रान्त कुनै पनि नेपालीले शोक, भोक र महामारीवाट अकालमा ज्यान गुमाउनु नपरोस्, तपाईंको नामा राजनेताको रुपमा नेपालको इतिहासका पानामा स्वर्णिम अक्षरले लेख्न पाउँ भन्ने मनोकामना छ ।

भन्न र लेख्न अझ धेरै मन थियो, मनका वह पोख्दापोख्दै रात धेरै छिप्पिसकेछ । यो महामारीमा बाँचिएछ भने तपाईंसँग भेटेरै मनका वह पोख्न मन छ, सदियौं अगाडि बिझेको मनको काँडो निकालिदिने कोही भएन, अब तपाई मेरो देशको प्रधानमन्त्री हुनुभएको छ, पक्कै पनि मेरो आलो घाउमा मलम लगाइदिन आउनुहुनेछ भन्ने आशा गर्दै आजलाई मेरो कलम यहीँ बन्द गर्दछु ।

प्रतिक्रिया