भीम रावलसँग करिब दुई घन्टा बिताए फर्किए माधव नेपाल

काठमाडौं । सांसद पदबाट केही दिनअघि राजीनामा दिएका भीम रावललाई भेटेर एमाले वरिष्ठ नेता माधव नेपाल फर्केका छन् । नेता नेपालसँग असन्तुष्ट भई रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए । रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन नेता नेपालले आग्रह गरेका थिए ।

रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरुले आग्रह गरिरहेका छन् । नेता नेपालले बुधबार रावलसँग करिब दुई घन्टा बिताएका थिए।

प्रतिक्रिया