स्पष्टीकरणले पार्टी एकताकाे प्रयासलाई कमजोर बनायाे : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली सोधेको स्पष्टीकरणका कारण पार्टी एकताको प्रयासलाई कमजोर बनाएको बताएका छन् । बुधबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै विष्टले सर्वाेच्च अदालतले गरेको फैसलाको प्रयोग गर्दा स्पष्टीकरण सोधिनुले पार्टीको एकतालाई धमिल्याउने काम गरेको बताए।

‘कार्यदलले तयार परेकाे १० बुँदे सहमतिका आधारमा पार्टी एकतालाई सम्पन्न गर्ने सन्दर्भमा छलफल केन्द्रित रह्यो। हामी एकतालाई प्राथमिकता दिँदै पार्टी पंक्तिलाई यसतर्फ उन्मुख गर्नेगरी क्रियाशी छाैं निरन्तर। यस्तो अवस्थामा जुन ढंगले स्पष्टीकरण सोध्ने काम भएको छ। यसले एकताको वातावरणलाई धुमिल्याउने काम गर्छ। यो काम कतैबाट हुनु शोभनीय हुँदैन’, विष्टले भने।

प्रतिक्रिया