डा. महाविर पुनद्वारा गुरुकुल–भाष्कर स्कुलमा किताब विमोचन

पोखरा । डा. महाविर पुनले गुरुकुल–भाष्कर स्कुलमा किताब विमोचन गरेका छन् । पोखराको नयाँबजारस्थित गुरुकुल विद्या सदन र फूलवारीस्थित भाष्कर मेमोरियल विद्यालयद्वारा एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर तयार पारिएको ‘इन्ट्रान्स बूस्टर बूक’ नामक किताबको विमोचन गरिएको हो ।

भर्चुअल माध्यमबाट सञ्चालित एक कार्यक्रमकाबीच डा. पुनले उक्त ‘किताबको विमोचन गरेका हुन् । साथै कार्यक्रममा उत्प्रेरणामूलक परामर्श पनि प्रदान गरिएको थियो । गुरुकुल स्कुल नयाँबजार तथा भाष्कर स्कुल फुलबारीकी अध्यक्ष माधवीदेवी बास्तोलाले सभापतित्व गरेको कार्यक्रमको सञ्चालन भास्कर माबिका प्राचार्य नारायण आचार्यले गरेका थिए ।

कार्यक्रममा विद्यालयका संरक्षक धर्मराज कोइराला, प्रवन्धक निर्देशक विश्वराज बास्तोला र गुरुकुल माविका प्राचार्य अचुत पाण्डे, दश जोड दुई संयोजकद्वय रवि कार्की र वसन्त श्रेष्ठले बुस्टर बूक तथा विद्यालयको विशेषताका बारेमा आ–आफ्नो धारणा राखेका थिए । एसइई दिएर बसेका विद्यार्थीहरुलाई उत्कृष्ट र ‘प्लस टु’ मा नाम निकाल्न सफल हुनको लागि ‘बूक’अति नै उपयोगी रहेको छ ।

पोखराका करिब २ दर्जन प्रतिष्ठित कलेजमा लामो समयसम्म अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरुको प्रयासबाट तयार पारिएको पुस्तकमा करिब २५०० मल्टीपल च्वाइस प्रश्नहरु, उत्तर र व्याख्या सहित दश जोड दुई पढ्दा पनि पुस्तक उपयोगी हुने कार्यक्रममा बताइएको थियो । प्रमुख अतिथि डा. महावीर पुनले उक्त पूस्तक अतिनै उपयोगी हुन सक्ने र ‘एमसीक्यु’ को उत्तर दिँदा ध्यान दिनुपर्ने कुराहरुमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागी विशिष्ट अतिथि कान्तिपुर टेलिभिजनकी समाचार सह–सम्पादक श्री पाण्डेले विद्यार्थीहरुलाई आ–आफ्नो क्षमता र रुचीलाई आधार मानेर विषय छनोट गर्नुपर्ने सुझाव दिएकी थिइन् ।

विशिष्ट अतिथि डा. तारा जी ख्याती प्राप्त ‘मोटिभेटर स्पिकर’ ले सफल जीवनको लागि ध्यान दिनुपर्ने कुराहरु र सहित गन्तब्य पहिचान सम्वन्धि उत्प्रेरणात्मक टिप्सहरु दिएका थिए । विशेष अतिथि वक्ताहरु डा. सूरज अधिकारी र जोसिका बरालले आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया