निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै ‘निरंकुशताको अन्त्य’ भएको दाबी गरेका छन् । संसद भवन नयाँ वानेश्वरमा संसद बैठकपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संसद र संविधान जोगिएको भन्दै भने,‘पटक-पटक संसद विघटन गरियो । संसद उठ्न सक्दैन भनेर जुन कदम चालिएको थियो । तर संसद पुर्नस्थापना भएको छ । सर्वोच्चको फैसलाले संविधान जोगिएको छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ ।’

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अब अघिल्लो सरकारले गरेका गल्ती सच्याएर अघि बढ्ने दाबी गरे । उनले भने,‘अत्यधिक बहुमतले सरकारलाई विश्वासको मत प्राप्त भएको छ । विगतमा देखिएको रानजीतिक संकटतर्फ धकेल्न खोजिएको रोकिएको छ । विगतका सरकारले गरेका गल्ती सच्याउँदै प्रमले रोष्टम उभिएर गर्नुभएको प्रतिवद्धतातर्फ लाग्नुपर्छ । त्यसमा हामी साथ दिन्छौँ ।’ प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावको पक्षमा १ सय ६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । त्यस्तै राप्रपाका सांसद राजेन्द्र लिङदेनले भने आफू तटस्थ बस्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया