ओलीले गरेका राजदूतकाे सिफारिश देउवा सरकारद्वारा खारेज

काठमाडाैं । विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको सिफारिश शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले खारेज गरिदिएको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय ढिला गरी सार्वजनिक भएको हो ।

संसदीय प्रक्रिया छलेर गरिएका सिफारिश तथा नियुक्तिहरू खारेजीका क्रममा राजदूतहरूको नियुक्ति पनि खारेज गरिएको उच्च स्रोतले जानकारी दियो । रमेशचन्द्र पौडेल (श्रीलंका), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगबहादुर चुहान (रसिया), सुम्निमा तुलाधार (अष्ट्रेलिया), नारायणप्रसाद संग्रौला (म्यानमार), कुलप्रसाद नेपाल (ब्राजिल), सुमित्रा सुवेदी (डेनमार्क) र मेराज मुसलमान ( साउदी अरेबिया)को सिफारिश खारेज भएको स्रोतको दाबी छ । उनीहरूलाई राजदूत नियुक्तिका लागि तत्कालीन सरकारले जेठ १ गते सिफारिश गरेको थियो ।

प्रतिक्रिया