धादिङ उद्योग वाणिज्य संघका महासचिव डल्लाकोटीको निधन

धादिङ । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको निधन भएको छ । महासचिव डल्लाकोटीको आज (आईतबार) बिहान काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

विगत लामो समयदेखि सुगरका रोगी महासचिव डल्लाकोटीले मुटुमा समस्या देखिएको महसुस भएको भन्दै शनिबार उपचारका लागि काठमाडौं गएका थिए । उपचाररत् डल्लाकोटीको आज बिहान निधन भएको संघका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया