राष्ट्रिय सभा बैठकका लागि तयारी तीव्र पारिदै

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार १७ बाट सुरु हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि अध्यक्ष तिमिल्सिना शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

अध्यक्षको सचिवालयका अनुसार शुक्रबार नै तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतकहरूसँग संसद बैठकबारे परामर्श गरेका थिए । संघीय संसदको प्रतिनिधि सभा विघटन भएका कारण अहिले त्यसविरुद्ध सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया