जीवन विकास लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि आईपीओ खुलेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । आजदेखि खुलेको आईपीओमा सर्वसाधारणले छिटोमा असार १५ र ढिलोमा असार २५ सम्म आवेदन दिन सक्ने छन्।

लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गरेको हो। यसमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरूका लागि र ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।

बिक्री प्रवन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै मेरो सेयरमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ताका दरले बाँडफाट गर्दा एक लाख ८४ हजार ८०१ जनाले मात्रै आईपीओ पाउने देखिन्छ। त्यसैले यो आईपीओमा १० कित्ताका लागि आवेदन दिए पुग्ने छ ।

प्रतिक्रिया