विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको आयव्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहीबार आयोजित आठौँ गाउँसभामा ४८ करोड १५ लाख १२ हजार ७ सय रुपैयाँ बराबरको अनुुमानित आयव्यय बजेट सार्वजनिक गरिएको हो । चालुु आवभन्दा आगामी आवका लागि करिब चार करोड बढी बजेट सो पालिकाले सार्वजनिक गरेको छ । चालुु आवका लागि गाउँपालिकाले ४४ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । आगामी बजेटमा गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनसँगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा पूर्वाधारको विकासलाई बढी जोड दिएको छ ।
कोभिडका कारण चालुु वर्षमा रोकिएका विकास निर्माण तथा पूर्वाधारका योजनालाई आगामी वर्षमा सम्पन्न गर्नेगरी बजेटमा योजनाहरू समावेश गरिएको सो गाउँपालिकाका कार्यकारी अधिकृत मनोजकुुमार साहले बताए । उनले कोभिडको अवस्थामा पनि विकास निमार्णको काम उल्लेखनीय रूपमा भएको दाबी गरे । गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुुत गरे । उनले गाउँपालिकाको सबै वडाहरूमा कालोपत्रे सडक संजाल जोडने योजना ल्याएको भन्दै आगामी वर्ष पनि जनमुुखि र गौरवका योजनालाई प्राथमिकता दिने उल्लेख गरे ।
गाउँपालिकाका लागि नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुुदान १३ करोड २९ लाख संघीय सरकारबाट राजस्व वाँडफाँडबाट प्राप्त रकम ८ करोड २३ लाख ३० हजार प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुुदान ७७ लाख ७५ हजार, प्रदेश सरकारबाट प्राप्त राजस्व वाडँफाँडतर्फ सवारी साधन करवापत प्राप्त ४७ लाख ५५ हजार, आन्तरिक आयस्रोतवापत २ करोड ५० लाख तथा नेपाल सरकारबाट प्राप्त सशर्त अनुुदान २० करोड ८५ लाख साथै प्रदेश सरकारबाट प्राप्त सशर्तअनुुदान १७ लाख ६२ हजारगरी कुुल बजेट प्रस्तुुत गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष नसिमा वानोले आयव्यय बजेट प्रस्तुुत गरेका थिए ।
त्यसैगरी मोरङको कटहरी गाउँपालिकाले पनि गाउँपालिकाको आय व्यय बजेट सार्वजनिक गरेको छ । सो पालिकाको नवाँै गाउँसभामा आगामी आवका लागि ४४ करोड ९९ लाख ३२ हजार रुपैयाँ बराबरको आयव्यय बजेट सार्वजनिक गरेको हो । प्रस्तुुत बजेटमा पुुँजीगततर्फ २३ करोड ४४ लाख ६४ हजार तथा चालुुतर्फ २१ करोड ५४ लाख ६८ हजार विनियोजित गरिएको सो पालिकाका कार्यकारी अधिकृत रामसुुन्दर थापाले बताए ।
सो पालिकाले पनि कोभिड नियन्त्रण रोकथाम तथा शिक्षा स्वास्थ्य तथा पूर्वाधार साथै विकास निमार्णका कामलाई बढी प्राथमिकता दिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकुुमार कामतले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुुत गरेका थिए । उनले सीमित साधन स्रोतको वावजुुद पनि चालुु आवमा आप्mनो गाउँपालिकाले उल्लेखनीय रूपमा विकास निर्माणसँगै कोभिड नियन्त्रण रोकथाम र व्यवस्थापनको कामलाई प्रभावकारी रूपमा अघि बढाएको दाबी गरे । गाउँपालिका उपाध्यक्ष मन्जिताकुुमारी सरदारले बजेट प्रस्तुुत गरेका थिए ।
प्रतिक्रिया