ब्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोढ ९ लाख रुपैया रहेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको २०७७ साउनदेखि २०७८ जेठसम्म भएका आयात–निर्यातको तथ्यांकले त्यस्तो देखाएको हो । ब्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलब ६१ प्रतिशतले बढी हो। गत वर्षको जेठ मसान्तसम्म कूल व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । विभागको अनुसार चालु आवको जेठ मसान्त सम्ममा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । सोही अवधिमा नेपालबाट एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको पनि तथ्याकंले देखाएको छ । यो अवधिमा निर्यात ३७ दशलमव ७८ प्रतिशत र आयात २५ दशलमाव ६७ प्रतिशतले बढेको विभागले जनाएको छ ।

११ महिनाको अवधिमा नेपाललले १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ बराबरको आयात निर्यातको व्यापार गरेको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा २६ दशमलव ५६ प्रतिशतले बढि हो । गत आवको यहि अवधिमा नेपालले ११ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अवधिमा सबैभन्दा धेरै डिजेल दोस्रोमा पेट्रोल र तेस्रोमा सवारी साधन आयात भएको तथ्यांकलो देखाएको छ । यो अवधिमा १ हजारदेखि १५ सय सीसीसम्मको सवारी ८ हजार ७ सय ६१ वटा आयात भएको छ ।

त्यसैगरी श्रृंगारका सामान आयातमा १० अर्ब रुपैयाँ नेपालबाट बाहिरिएको छ । आयस्तरमा भएको वृद्धि र श्रृंगार चेतनामा व्यापकता देखिएसँगै त्यस्ता वस्तुको आयात दोहोरो अंकले बढेको आकलन गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको श्रृंगारका सामग्री आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिएको छ । लेपन वर्गको अंश नेपालको श्रृंगार प्रसाधनको कुल आयातको करिब ३७ प्रतिशत रहेको छ । यसैगरी कपाल सम्बद्ध प्रसाधनको अंश करिब ३० प्रतिशतको हाराहारीमा रहेको छ ।

खासगरी, रोजगारीमा विदेश जाने प्रचलन बढेसँगै उनीहरूमा आएको चेतनाको प्रभावले नेपालमा यस्ता सामानको माग दिनानुदिन बढ्दै गएको देखिएको छ । त्यसका अलवा नेपालीहरूको आयस्तरमा आएको सुधारले पनि आयात वृद्धि गरेको देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट मात्रै ७ अर्ब ११ करोड रुपैयाँबराबरको श्रृंगारका सामग्री नेपाल आयात भएको थियो । यो कुल आयातको ७४ प्रतिशत हो । त्यसैगरी, चीनबाट ७२ करोड, थाइल्यान्डबाट ५७ करोड, भियतनामबाट २५ करोड, इन्डोनेसियाबाट १२ करोड, जर्मनीबाट १० करोड र अन्य मुलुकबाट ७६ करोड रुपैयाँ गरी कुल ९ अर्ब ६३ करोड रुपैयाँबरारबका मेकअपका सामान आयात भएको हो ।

प्रतिक्रिया