‘अदालतका फैसला एमाले एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ, बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो’

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्लो फैसलाले नेकपा एमालेको एकतामै जोड दिएको बताएका छन् । मंगलबार सर्वोच्चले दुईवटा फैसला गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई खारेज गर्नुका साथै ओलीले बनाएको महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन अस्वीकार गर्ने फैसला गरेकाे छ ।

यी दुई फैसलालले एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरेजस्तो आफूलाई लागेको नेता भट्टराईले बताएका छन् । उनले भनेका छन्, ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त ।’

यस्तै उनले अदालतका फैसलाहरु एमाले एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’

प्रतिक्रिया